एनपिएल: कर्णालीको तेस्रो जित, पोखरा सात विकेटले पराजित
काठमाडाैं | मंसिर २५, २०८१
काठमाडौं: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबारको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १र१ विकेट लिए । कर्णालीको यो तेस्रो जित हो । जारी एनपिएलमा ५ खेल खेलेको कर्णाली यसअघि दुई खेलमा पराजित भइसकेको छ ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।
पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् ।
एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए ।
यस्तै, दिलीप नाथले ३, माइकल लिस्कले २, नारायण जोशी र आकाश चन्दले समान एकरएक रनको योगदान दिए । पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो ।
कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक÷एक विकेट हात पारेका थिए । पोखराको यो तेस्रो हार हो । जारी एनपिएलमा ४ खेल खेलेको पोखराले एक खेल मात्रै जितेको छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

